बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

‘क्राइम पेट्रोल’ मार्फत सानोपर्दामा फर्किदै दीपक

बुधबार, १२ फागुन २०७७, १० : ३१
बुधबार, १२ फागुन २०७७

 काठमाडौं । चर्चित कलाकार दीपकराज गिरी फेरि टेलिभिजनको पर्दामा देखिने भएका छन् । उनी ‘क्राइम पेट्रोल’ नाम कार्यक्रम मार्फत सानोपर्दामा देखिन लागेका हुन् । मंगलबार एक कार्यक्रमका बीच संचारकर्मी रवि लामिछानेले ल्याएको नयाँ टेलिभिजन च्यानल ‘ग्यालेक्सी फोरके’ मार्फत दीपक ‘क्राइम पेट्रोल’मा देखिन लागेका हुन् ।

भारतीय टिभी सोनीबाट लामो समयदेखि प्रसारण हुँदै आएको अपराध र त्यसको अनुसन्धानको विषयमा केन्द्रीत ‘क्राइम पेट्रोल’सँग आधिकारी अनुमतिमा नेपालमा पनि यो श्रृखंला निर्माण हुन लागेको हो । कलाकार गिरी यसको होष्टको रुपमा देखिन लागेका हुन् ।

‘क्राइम पेट्रोल’ होष्ट सहित ड्रामाको रुपमा निर्माण हुन लागेको हो । यसमा कथा अनुसार विभिन्न कलाकारको समेत अभिनय रहनेछ । ‘क्राइम पेट्रोल’मा अभिनय भन्दा पनि आफ्नो जिम्मेवारी होष्टको मात्र रहने कलाकार गिरीले बताए ।
‘केही फरक काम गरौँ भन्ने उद्देश्यले ‘क्राइम पेट्रोल’ होस्ट गर्न लागेको हो,’ गिरीले सुनाए ।

पछिल्लो समय सुपरहिट फिल्म ‘छ माया छपक्कै’ निर्माण गरेका गिरी नयाँ फिल्मको तयारीमा पछि छन् । कोरोना पछि फिल्मको माहोल अझै बन्न नसकेकाले फिल्म निर्माणमा उनले केही ढिलाइ गरेका हुन् । टेलिभिजन हुँदै ठुलो पर्दामा समेत राज गर्न सफल गिरीको अभिनय करियरमा रफ्तार ल्याउने काम भने उनकै निर्माण, निर्देशन र अभिनय रहेको सानो पर्दाको हास्यश्रृंखला ‘तितो सत्य’ले गरेको थियो ।

‘क्राइम पेट्रोल’ सम्पदा मल्ल र उनको टिमले निर्माण गर्न लागेको हो । सोनी टिभीमा प्रसारण भएको यो श्रृंखलाको केही भाग समेत लेखन गरेकी मल्लले गौरी मल्ल अभिनित नेपाल टेलिभिजनको चर्चित श्रृखंला ‘सिंहदरबार’ समेत लेखेकी थिइन् । ‘क्राइम पेट्रोल’को लेखनको अलवा मल्लले क्रिएटिभ प्रोडुसरको जिम्बेवारी समेत निर्वाह गर्नेछिन् ।

‘क्राइम पेट्रोल’ प्रसारणको बारेमा भने अहिले केही बताइएको छैन ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप