शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पोखरामा बाबुको हत्या गरेको अभियोगमा छोरा पक्राउ

मङ्गलबार, ११ फागुन २०७७, २२ : ५८
मङ्गलबार, ११ फागुन २०७७

पोखरा । पोखराबाट आफ्नै बुवाको हत्या गरेको अभियोगमा छोरा पक्राउ परेका छन् । कास्कीको अन्नपूर्ण गाउँपालिका ३ पाउँदुरकोट स्थायी घर भई हाल पोखरा महानगरपालिका ३२ महकुना बस्ने ५८ बर्षीय जुमबहादुर कामीको हत्या गरेको अभियोगमा उनका छोरोलाई कास्की प्रहरीले पक्राउ गरेको हो ।

फागुन ९ गते राती बाबु–छोराबीच झगडा हुँदा मृतकको छोरा ३४ बर्षीय रामकृष्ण कामीको प्रहारबाट जुमबहादुरको मृत्यु भएको खुलेको जिल्ला प्रहरी कार्यलय कास्कीका प्रहरी प्रवक्ता एवं डिएसपी सुवास हमालले जानकारी दिए ।
झगडाका क्रममा छोरा रामकृष्णले काठको अग्लोले प्रहार गर्दा मृत्यु भएको अनुसन्धानका क्रममा खुलेको उनले बताए । 

रामकृष्णलाई कर्तव्य ज्यान मुद्दा दर्ता गरी कास्की जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान अगाडी बढाएको प्रवक्ता डिएसपी हमालले बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप