शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्दै वीरेन्द्रनगरमा दिपावली

मङ्गलबार, ११ फागुन २०७७, २१ : १५
मङ्गलबार, ११ फागुन २०७७

सुर्खेत । प्रतिनिधिसभा विघटनको फैसला सर्वोच्च अदालतले बदर गरेपछि सुर्खेतमा खुसियालीसहित दिपावली मनाइएको छ । ‘प्रचण्ड–नेपाल’ समर्थक नेताहरुले  प्रदेश राजधानी वीरेन्द्रनगरको वीरेन्द्र चोकमा दीप प्रज्जवलनसहित खुसियाली मनाएका हुन् ।

उक्त कार्यक्रममा कर्णाली प्रदेश सभाका सांसदहरु, विद्यार्थी नेता तथा स्थानीय नेता, कार्यकर्ताहरु सहभागी भएका थिए । सर्वोच्च अदालतले जनताको पक्षमा फैसला गरेको भन्दै दिपावली गरिएको सांसद सुशीलकुमार थापाले जानकारी दिए ।

उनले अदालतको यो फैसला ऐतिहासिक जित भएको भन्दै प्रतिक्रिया दिए । विद्यार्थी नेता सपना आरशीले ओलीको कदम असंवैधानिक भएकाले अदालतले गरेको फैसला जनताको पक्षमा भएको बताइन् । ‘यो जीत सबै नेपाली जनताको हो,’ उनले भनिन्  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप