शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एकपटक पुनः लोकतन्त्रको जित भएको हो : मन्त्री सोनल

मङ्गलबार, ११ फागुन २०७७, २१ : ०५
मङ्गलबार, ११ फागुन २०७७

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य एवं प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले एकपटक पुनः लोकतन्त्रको जित भएको प्रतिकृया दिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले गरेको प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले मंगलवार बदर गरेपछि उनले भने – संसद विघटनले गर्दा जनता निराश भइसकेका थिए, लोकतन्त्र नै खतरामा परेको हो कि भनि आशंकाहरु भइरहेको थियो तर आज सर्वोच्च अदालतले गरेको निर्णयले लोकतन्त्र झन बलियो भएको र लोकतन्त्रप्रति जनताको विश्वास बढेको छ ।

प्रधानमन्त्री ओलीको कदमप्रति सर्वोच्च अदालतप्रति विभिन्न आशंकाहरु भइरहँदा अदालतले जनताको विश्वासलाई टुट्न नदिएको बताए । उनले सर्वोच्च अदालतले संविधानलाई रक्षा गरेको पनि बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप