शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

तानाशाही कदमको अन्त्य, समग्र जनताको सम्मान : झाँक्री

मङ्गलबार, ११ फागुन २०७७, २१ : ०३
मङ्गलबार, ११ फागुन २०७७

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल समूहकी नेतृ तथा सांसद रामकुमारी झाँक्रीले सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरेपछि स्वेच्छाचारी तानाशाही कदमको अन्त्यसँगै समग्र जनताको सम्मान गरेको बताएकी छन् उनले अव फैसलालाई कानुनी राज्य र लोकतन्त्रको पक्षमा भनेकी छन् ।

सर्वोच्च अदालतको फैसलापछि रातोपाटीसँग कुरा गर्दै झाँक्रीले भनिन्, ‘स्वेच्छाचारी शासकको असंवैधानिक कदम सच्याउन, लोकतन्त्र र संविधानको रक्षाका लागि संसद पुनर्स्थापना अनिवार्य थियो । यो पुनःस्थापनाले स्वेच्छाचारी तानाशाही कदमको अन्त्य सँगै समग्र जनताको सम्मान गरेको छ ।’

उनले असंवैधानिक प्रतिगामी कदम विरूद्ध सडकमा आउने सम्पूर्ण न्यायप्रेमी जनसमुदाय बिभिन्न राजनीतिक दल, पार्टी सदस्य समर्थक शुभेच्छुक सबैप्रति हार्दिक आभार प्रकट गरेकी छन् ।

‘विधायकी मनसाय, संविधानको अक्षर र भावनाको सहि ब्याख्या गर्ने न्यायालय, संवैधानिक ईजलासका सम्माननीय प्रधानन्यायाधीश सहित माननीय न्यायाधीशज्यूहरू प्रति हार्दिक धन्यवाद हाम्रो रिट निवेदनको पक्षबाट अनवरत बहस पैरवी गर्ने विद्धान वरिष्ठ कानून व्यवसायी र कानून व्यवसायीक मित्रहरू प्रति हार्दिक आभार प्रकट गर्दछु । समग्रमा यो जनताको जित हो। कानुनी राज्य र लोकतन्त्रको जित हो । सबैमा हार्दिक बधाई !’ झाँक्रीले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप