शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्दै जनकपुरधाममा दिपावली

मङ्गलबार, ११ फागुन २०७७, २० : ०७
मङ्गलबार, ११ फागुन २०७७

जनकपुर । प्रतिनिधिसभा विघटनको फैसला सर्वोच्च अदालतले बदर गरेपछि जनकपुरधाममा खुसीयालीसहित दिपावली मनाइएको छ । स्थानीय युवाहरुको एक समूहले प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधामको जनक चोकमा सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्दै दिपावली मनाएका हो । सर्वोच्च अदालतले जनताको पक्षमा फैसला गरेको भन्दै दिपावली गरिएको स्थानीय युवा रकीप्रसाद साहले प्रतिक्रिया दिए ।

उनीहरुले दिप प्रज्वलन गर्दै धनुषाका विभिन्न नगरमा विजयोत्सव मनाइरहेको नेकपा प्रचण्ड माधव पक्षका धनुषा जिल्ला सचिव दिपक यादवले बताए । उनले अदालतको यो फैसला ऐतिहासिक जित भएको भन्दै प्रतिक्रिया दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप