शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सर्वोच्च अदालतको फैसलालाई काँग्रेसले गर्‍यो स्वागत

मङ्गलबार, ११ फागुन २०७७, १९ : ५०
मङ्गलबार, ११ फागुन २०७७

काठमाडौं । सर्वोच्च अदालतको प्रतिनिधिसभा पुनस्र्थापना गर्ने फैसलाको प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले स्वागत गरेको छ । काँग्रेस सभापति शेरबहादुर देउवाले एक विज्ञप्ति जारी गरी सर्वोच्चको फैसलाको स्वागत गरेका हुन् । जारी विज्ञप्तिमा सभापति देउवाले सरकारले चालेको कदमलाई सुरुदेखि नै असंवैधानिक, अलोकतान्त्रिक, अधिनायकवादी र सर्वसत्तावादी कदमको रुपमा दिएको बताएका छन् ।

उनले भनेका छन्, ‘गत पुस ५ गते प्रधानमन्त्री केपी ओली नेतृत्वको कम्युनिष्ट सरकारले प्रतिनिधिसभा विघटन गरेको घटनालाई काँग्रेसले तत्काल नै असंवैधानिक, अलोकतान्त्रिक, अधिनायकवादी र सर्वसत्तावादी कदम भनी निर्णय गरेको थियो । नेपाली काँग्रेसले अदालतमा विचाराधीन मुद्दामा आफ्नो पक्षमा फैसला गराउन कसैले पनि दवाव दिन नहुने र सर्वोच्च अदालतले गर्ने फैसलालाई सम्मान गर्ने कुरा सार्वजनिक गर्दै आएको थियो । नेपाली काँग्रेसले विघटित प्रतिनिधिसभा पुनस्र्थापना हुने गरी सम्मानित सर्वोच्च अदालतले गरेको फैसलाको सम्मान गर्दै स्वागत गर्दछ ।’  

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप