सर्वोच्च फैसलापछि ओलीको पहिलो कदम, पत्नीको पुस्तक सार्वजनिक
मङ्गलबार, ११ फागुन २०७७, १९ : १९
काठमाडौं । संसद् पुनस्र्थापना गर्ने सर्वोच्च अदालतको फैसलापछि प्रधानमन्त्री केपी ओलीले अब के गर्लान् ? यसबारे सबैलाई चासो छ । मंगलबार ७० औं जन्मदिन मनाएका ओलीले अदालतको फैसलापछि पनि आफ्ना पूर्वनिर्धारित कार्यक्रमहरुलाई भने निरन्तरता दिएका छन् । अदालतको फैसलापछि ओलीले मंगलबार ‘मेरा अनुभूतिहरु’ नामक पुस्तक विमोचन गरे । यो पुस्तक प्रधानमन्त्री ओलीकी पत्नी राधिका शाक्यले लेखेकी हुन् ।
बालुवाटार स्रोतले ओलीलाई जन्मदिनको शुभकामना दिने तथा पुस्तक विमोचन गर्ने कार्यक्रम पहिल्यै तय गरिएको र अदालतको फैसलाले त्यसमा प्रभाव नपारेको जनाएको छ । यद्यपी, बालुवाटार निकटकै एक व्यक्तिले अदालतको फैसलापछि ओलीले आगामी कदमबारे छलफलका लागि आफु निकटस्थहरुलाई बालुवाटार बोलाएका जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ
-
लक्ष्मी सनराइज बैंकको काठमाडौं उपत्यकाभित्र २ वटा शाखा स्थानान्तरण
-
अर्जेन्टिनामा ६० वर्षीय महिला बनिन् मिस ब्युनस आयर्स
-
बिहारमा जेडीयू नेताको गोली हानी हत्या, के भन्छ प्रहरी ?
-
मिटरमा चल्नै मान्दैनन् पोखराका ट्याक्सी
-
महाधिवेशनको एजेन्डा तय गर्न जसपाको बैठक बस्दै