शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

प्रतिनिधिसभा पुनर्स्थापनासँगै सरकार धरापमा, ओली पक्षमा लागेका पूर्वमाओवादीहरु हिस्स !

मङ्गलबार, ११ फागुन २०७७, १८ : ४६
मङ्गलबार, ११ फागुन २०७७

काठमाडौं । संवैधानिक इजलासले प्रतिनिधिसभा विघटन बदर हुने फैसला गरेसँगै प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार धरापमा परेको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राजनीतिक रुपमा विभाजित भएसँगै प्रतिनिधिसभामा वर्तमान सरकार अल्पमतमा पर्ने देखिन्छ । प्रतिनिधिसभा बैठक सुचारु हुनासाथ वर्तमान सरकारको वहिर्गमन र नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने जानकारहरु बताउँछन् ।

सत्ताका लागि ओली पक्षमा सामेल भएका केही पूर्व माओवादीहरू भने प्रतिनिधिसभा पुनःस्थापना भएसँगै हिस्स परेका छन् । टोपबहादुर रायमाझी, प्रभु साह,लेखराज भट्टलगायत केही पूर्वमाओवादीहरु सरकारमा स्थान पाउनकै लागि ओली कित्तामा सामेल भएका थिए ।

अवसरकै लागि ओलीको पक्षमा लागेका ती पूर्व माओवादी नेताहरु प्रतिनिधिसभा विघटनसँगै स्वाभाविक रुपमा हिस्स परेका छन् । संवैधानिक इजलासले प्रतिनिधिसभा विघटन बदर गर्ने फैसला गर्नुभन्दा केही अघिमात्र ओली सरकारका मन्त्री टोपबहादुर रायमाझीले प्रतिनिधिसभा विघटन सदर हुने सम्भावना ९९ प्रतिशत रहेको बताएका थिए ।

प्रतिनिधिसभा विघटन बदर भएसँगै ओली पक्ष अहिले निराश बनेको छ । प्रतिनिधिसभा विघटनपछि ओलीलाई साथ दिन पुगेका पूर्वमाओवादी नेताहरु पनि सर्वोच्चको निर्णयसँगै रनभुल्लमा परेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप