शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सर्वोच्च अदालतप्रति जनताको विश्वास झनै बढेर गएको छ : उपेन्द्र यादव

मङ्गलबार, ११ फागुन २०७७, १८ : ४१
मङ्गलबार, ११ फागुन २०७७

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सर्वोच्च अदालतले देशलाई ठूलो दुर्घटना हुनबाट बचाएको बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले गरेको प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले बदर गरेपछि अध्यक्ष यादवले रातोपाटीसँग प्रतिक्रिया दिँदै सर्वोच्च अदालतप्रति जनताको विश्वास झनै बढेर गएको बताए । ‘प्रधानमन्त्री केपी शर्मा ओलीले गलत कदम चालेको कुरा सर्वोच्च अदालतले ठहर गरेको छ । यो निर्णयले लोकतन्त्र, संघीयता र गणतन्त्र बलियो छ,’ उनले भने ।

संसद पुनःस्थापनाले देश एउटा ट्रयाकमा फर्केको बताउँदै उनले संसद सुचारु भएपछि असहमति र असमझदारीको विषयमा छलफल गर्न सकिने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप