नेम्वाङले भने, ‘हामी प्रधानमन्त्रीको 'बर्थ डे'मा छौँ, फैसलाबारे थाहा छैन’

काठमाडौं । नेकपा ओली पक्षका नेता सुवासचन्द्र नेम्वाङले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयबारे थाहा भैनसकेको प्रतिक्रिया दिएका छन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको निर्णय बदर गरेपछि नेम्वाङसँग सम्पर्क गर्दा भने, ‘हामी अहिले प्रधानमन्त्रीको वर्थ डे मनाइरहेका छौ । केही थाहा पाइसकेका छैनौ । केहीबेरपछि कुरा गरौला ।’
नेम्वाङ प्रतिनिधिसभा विघटनको पक्षमा थिए । ओलीले आज ७० औं जन्म दिवस मनाउँदैछन् ।
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको निर्णय बदर गरिदिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५ पुसमा प्रतिनिधि विघटन गरेकी थिइन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गर्दै १३ दिनभित्र प्रतिनिधि सभा बैठक बोलाउन आदेश दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’
-
स्मार्टफोन र कम्प्युटरलाई कर छुट दिने अमेरिकाको निर्णयमा चीनले के भन्यो ?
-
विद्यालय भर्ना अभियानमा जनप्रतिनिधि परिचालन
-
उच्च अदालतको व्याख्या : प्रेममा सहमतिको सम्बन्ध जबरजस्ती करणी होइन
-
नयाँ वर्षमा मन्दिरमा पूजाआजा गर्नेको भीड, तस्बिरहरू
-
बजेट अभावमा सडक निर्माण रोकियो