बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री केपी शर्मा ओलीको निरंकुशता अन्त्य: पूर्व महान्यायाधिवक्ता श्रेष्ठ

मङ्गलबार, ११ फागुन २०७७, १८ : ३०
मङ्गलबार, ११ फागुन २०७७

काठमाडौं । पूर्व महान्यायाधिवक्ता तथा वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले प्रतिनिधिसभा विघटन बदर गरेर सर्वोच्च अदालतले संविधानको पक्षमा फैसला दिएको बताएका छन् । रातोपाटीसँग कुरा गर्दै उनले भने, ‘अदालतले संविधानको पक्षमा फैसला गरेको छ, फैसलाले राम्रो निकास दिएको छ ।’

उनले संवैधानिक इजलासले गरेको यो फैसलासँगै मुलुक अब संवैधानिक ट्रयाकमा जाने बताए । ‘संवैधानिक हिसाबले हेर्दा संविधानको पक्षमा फैसला भएको छ,’ उनले भने, ‘प्रधानमन्त्री केपी शर्मा ओलीको निरंकुशता अन्त्य भएको छ । योसँगै सनकको भरमा शासन सत्ता सञ्चालन गर्ने शासकलाई सबक पनि हो यो फैसला ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप