
धनुषाबाट एक भारतीयसहित २ हुण्डी कारोबारी पक्राउ

जनकपुर । धनुषाबाट लाखौं रकमसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको नगराईन नगरपालिकास्थित जटही नाका हुँदै भारततर्फ साढे २५ लाख रुपैयाँसहित २ जना हुण्डी कारोबारीलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा महोत्तरीका टेन्ट व्यवसायी सञ्जय साह र भारत पिपरौनका सुमित यादव रहेको धनुषा प्रहरीले जनाएको छ ।
जटही नाकाबाट साढे २५ लाख रुपैयाँसहित उनीहरुलाई पक्राउ गरिएको धनुषाका प्रहरी उपरिक्षक प्रकाश रानाभाटले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको टोलीले गोप्य सूचनाको आधारमा भारततर्फ जाँदै गर्दा उनीहरुलाई पक्राउ गरिएको रानाभाटले बताए ।
भारतीय नम्बर प्लेटको मोटरसाईकलबाट भारततर्फ जाँदै गरेको अवस्थामा सो रकमसहित पक्राउ गरि थप अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाइएको रानाभाटले बताए ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ