बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपामा विभाजनको असर सहिद प्रतिष्ठानमा पनि देखियो

मङ्गलबार, ११ फागुन २०७७, १७ : ३३
मङ्गलबार, ११ फागुन २०७७

नेकपा विभाजनको असर चुनु स्मृति प्रतिष्ठानमा पनि देखिएको छ । अध्यक्ष डम्बर कुमारी गुरुङले फागुन १२ गते प्रधानमन्त्री केपी ओलीलाई प्रमुख अतिथि बनाएर कार्यक्रम एकलौटी ढंगले कार्यक्रम आयोजना गर्न खोजेपछि कार्यसमितिका बहुमत सदस्यहरुले प्रतिष्ठानका तर्फबाट विज्ञप्ति जारी गर्दै उक्त कार्यक्रम आधिकारीक नभएको जनाएका छन् । 

उनीहरुले देशलाई प्रतिगमनको दिशातर्फ धकेलिरहेका प्रधानमन्त्री ओलीको कदमविरुद्ध एकजुट हुनुपर्ने अवस्थामा उल्टै ओलीलाई नै प्रमुख अतिथि बनाएर आयोजना हुने कार्यक्रम आफुलाई मान्य नहुने उल्लेख गरेका छन् । 
११ सदस्यीय कार्यसमितिमध्ये उपाध्यक्ष लक्ष्मी गुरुङ, सचिव राकेश किराँती, कोषाध्यक्ष विमला केसी, सदस्य धनु ज्ञाङमी, सदस्य ललिता पुन र सदस्य वसन्त श्रेष्ठ गरी कुल ६ सदस्यले विज्ञप्तिमा हस्ताक्षर गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप