बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रपतिसँग जापानी राजदूतको विदाई भेट

मङ्गलबार, ११ फागुन २०७७, १६ : १९
मङ्गलबार, ११ फागुन २०७७

राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालका लागि जापानी राजदूतले विदाई भेट गरेका छन् । मंगलबार राष्ट्रपति भवन शीतल निवासमा राजदूत मासामिची साइगोले विदाई भेट गरेका हुन् । 
सो अवसरमा नेपाल र जापानबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप