शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सेयर बजारमा २१ अंकको गिरावट, निफ्राले सबैभन्दा बढी गुमायो

मङ्गलबार, ११ फागुन २०७७, १५ : ३५
मङ्गलबार, ११ फागुन २०७७

मगलबार सेयर बजारमा २१.१६ अंकको गिरावट आएको छ । सेयर बजार समग्रमा ०.८१ प्रतिशतले घटेको हो । बजार २५८६.५१ अंकमा अडिएको छ । आज ८ अर्ब ५६ करोड १५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कारोबारमा आएको ट्रेडिङ बाहेक सबै समुहमा गिरावट आएको हो । 

४ वटा कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा माथि बढेको छ । ३ वटा कम्पनीको सेयर ५ प्रतिशत भन्दा माथि बढेको छ । नेपाल फाइनान्स लिमिटेडले सबैभन्दा बढी कमाएको छ भने नेपाल इन्फ्रास्टक्चर बैंकले सबैभन्दा बढी गुमाएको छ । 

बैंकको सेयरमा पहिलो पटक नकारात्मक  सर्किट लागेको हो । एकैदिन यसको सेयर मूल्य ६६ रुपैयाँले घटेको हो । यद्यपि सबैभन्दा बढी कारोबार पनि यसैको भएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप