कतार एयरवेज ‘युईएफए युरो २०२०’ को आधिकारिक प्रायोजक
मङ्गलबार, ११ फागुन २०७७, १५ : ०३
दोहा । कतार एयरवेज युरोपेली फुटबल महासंघ (युईएफए) सँग साझेदारी गर्दै जुन ११ देखि ११ जुलाई २०२१ सम्म हुन गइरहेको युईएफए युरो २०२० को आधिकारिक एयरलाइन पार्टनर बन्ने घोषणा गरेको छ ।
युरोपको सर्वोच्च अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको यस १६औँ संस्करणअन्तर्गत एम्स्टरड्याम, बाकु, बिल्बाओ, बुचारेस्ट, बुडापेस्ट, कोपनहेगन, डब्लिन, ग्लास्गो, लन्डन, म्युनिक, रोम तथा सेन्ट पिटर्स्बर्ग गरी १२ विभिन्न आयोजक शहरहरुमा २४ देशले प्रतिस्पर्धा गर्नेछन् ।
लन्डनको वेम्ब्ली रंगशालाले ११ जुलाई २०२१ मा फाइनल खेल आयोजना गर्ने छ । कतार एयरवेजले सम्पूर्ण आयोजक शहरलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सेवा पु¥याउने बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा