बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

श्रीमतीको हत्या गरेको आरोपमा एक पुरुष पक्राउ

मङ्गलबार, ११ फागुन २०७७, १४ : १०
मङ्गलबार, ११ फागुन २०७७

काठमाडौं । झापामा श्रीमतीको हत्या गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । जिल्लाको दमक नगरपालिका ३ स्थित भुटानी शरणार्थी शिविरमा बस्ने ३९ वर्षीय सरे राई श्रीमतीको हत्या गरेको आरोपमा मंगलबार पक्राउ परेका हुन् ।  राईले मादक पदार्थ सेवन गरी कुटपिट गर्दा श्रीमती विष्णुमाया तामाङ राईको घटनास्थलमै मृत्यु भएको थियो ।

घटना भएलगत्तै प्रहरी चौकी बाघखोर तथा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले राईलाई पक्राउ गरेको हो ।  राईलाई दमक नगरपालिका २ स्थित एक घरमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटनाका बारेमा थप अनुसन्धान भैरहेको प्रहरीको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप