बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

संसारका खुंखार डन अल चापोकी श्रीमती अमेरिकामा पक्राउ

मङ्गलबार, ११ फागुन २०७७, १३ : १८
मङ्गलबार, ११ फागुन २०७७

अमेरिकी जेलमा जन्मकैदको सजाय काटिरहेका खुंखार डन अल–चापोकी श्रीमती एमा कोरोनेल एसपूरोलाई अमेरिकामा पक्राउ गरिएको छ ।

३१ वर्षीय एमाविरुद्ध कोकिन, मेथाम्फेटामाइन, हिरोइन र गाँजाको वितरण गर्ने षड्यन्त्र रचेको अभियोग लगाइएको छ ।

सिनालोआ कार्टेलका प्रमुख अल चापो यतिबेला न्यूयोर्कको एक जेलमा मनी लन्ड्रिङ र ड्रग्सको तस्करीको मामिलामा जन्मकैदको सजाय काटिरहेका छन् ।

अमेरिकी अधिकारीका अनुसार अल चापो अमेरिकामा सबैभन्दा बढी ड्रग्स ल्याउन जिम्मेवार थिए ।

सन् २०१९ मा अल चापोको मुद्दाको सुनुवाईका बेला उनको जीवनसँग सम्बन्धित निकै चकित पारिदिने घटना सार्वजनिक भएको थियो ।

यसमा ड्रग्सको तस्करीका लागि १३ वर्षका बालिकाहरु बलात्कार र पूर्व कार्टेल सदस्य एवं प्रतिद्वन्द्वीको खुल्लमखुल्ला हत्याजस्ता जानकारी समावेश थिए ।

अमेरिकाको न्याय विभागले एमा कोरोनेल एसपूरोलाई वासिङ्टन डीसीस्थित एक संघीय अदालतमा भिडियो कन्फरेन्सिङमार्फत् पेश गरिनेछ ।

एमाविरुद्ध ड्रग्सको तस्करीका साथै सन् २०१५ मा आफ्ना श्रीमानलाई मेक्सिकोको जेलबाट छुटाउने षड्यन्त्रमा समावेश भएको पनि अभियोग छ ।

जब विशेष मोटरसाइकलमा भागे अल चापोः

यो मामिलामा अल चापोका छोराहरुले आफ्ना पितालाई बाहिर निकाल्नका लागि मेक्सिकोको सबैभन्दा सुरक्षित जेल नजिकै एक सम्पत्ति खरिद गरेका थिए ।

त्यसपछि जेलमा आफ्ना पितासम्म जिपिएस डिभाइस पुर्याए जसमार्फत् सुरुङ खरिद गर्नेहरुले अल चापोसम्म पुग्ने सटिक जानकारी पाए ।

त्यसपछि अल चापो सुरुङमा गुड्नका लागि विशेष रुपमा बनाइएको एउटा मोटरसाइकलमा सवार भएर जेलबाट भागे ।

अदालतको दस्तावेजका अनुसार अल चापोलाई अमेरिकालाई सुम्पिनु अघि एमा कोरोनेल कथित रुपमा सन् २०१७ मा जनवरीमा पनि आफ्ना श्रीमान्लाई जेलबाट भगाउन योजना बनाउन समावेश थिइन् ।

एमाको तर्फबाट अहिलेसम्म यी आरोपमाथि कुनै प्रकारको टिप्पणी गरिएको छैन ।

अल चापोप्रति इमान्दारः

एमा कोरोनेलसँग मेक्सिको र अमेरिका दुबै देशको नागरिकता छ र उनी अल चापोमार्फत् जन्मिएका जुम्ल्याहा बच्चाकी आमा पनि हुन् ।

न्यूयोर्कमा आफ्ना श्रीमानविरुद्ध चलेको सुनुवाईको क्रममा उनी लगभग प्रत्येक दिन उपस्थित भइन् ।

यतिबेला एमाले हत्या र बलात्कारका डरलाग्दो वृत्तान्त सुनिन् । अल चापोले आफ्ना अन्य प्रेमिकाको पनि जासुसी गराउने गरेको बारे पनि उनले सुनुवाईको क्रममा थाहा पाइन् ।

यो सुनुवाई समाप्त भएपछि अल चापोप्रति इमान्दार रहँदै उनले भनिन्, ‘म आफ्ना श्रीमानलाई त्यो रुपमा चिन्दिनँ जसमा उनीहरुले देखाउने कोसिस गरिरहेका छन् । म उनलाई ती व्यक्तिको रुपमा चिन्दछु जसले मलाई भेटेका थिए र जोसँग मेरो विवाह भएको थियो ।’

अल चापो गूसम्यान मेक्सिकोको उत्तरी–पश्चिमी इलाकामा रहेको सिनालोआ प्रान्तको एउटा असाध्यै गरिब परिवारबाट आएका थिए ।

तर उनको संगठित आपराधिक कारोबार यतिसम्म बढेको थियो कि सन् २००९ मा संसारका सर्वाधिक धनाढ्यको सूचीमा उनी १ अर्ब अमेरिकी डलर सम्पत्तिसहित ७०१ स्थानमा पुगेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप