दयाहाङ र प्रकृतिको ‘बिहे पास’ चैत्र पहिलो साता फ्लोरमा
काठमाडौं । फिल्म ‘बिहे पास’को छायाँकन चैत्रको पहिलो साताबाट सुरु हुने भएको छ । प्रवेश पौडेलको निर्देशन रहने फिल्ममा दयाहाङ राई र प्रकृति श्रेष्ठ मुख्य भूमिकामा देखिदैछन् ।
फिल्मको अझै केही कलाकार छनौट हुन बाँकी छ । जसको छनौट निर्माण युनिटले अडिसनमार्फत गर्न लागेको छ । राम्रो र उत्कृष्ट कलाकार अडिसनमार्फत भित्रिने भन्दै निर्माण युनिटले अडिसन गर्न लागेको हो ।
आरआर फिल्मस् प्रोडक्सनको ब्यानरमा बन्ने फिल्मका लागि २० देखि ६५ वर्षसम्मका २२ जना पुरुष र ५ नारी कलाकारको आवश्यकता रहेकोले अडिसन मार्फत कलाकार छनौट गर्न लागिएको प्रस्तुतकर्ता रोहित कट्टेलले बताए ।
फिल्मको कार्यकारी निर्माता रत्न श्रेष्ठ र सहनिर्माता ग्याल्जेन लामा छन् । तराई भेगमा छायाँकन हुने फिल्मको कथा आकाश बराल, सजन काफ्ले र मुरे केरले लेखेका हुन् । सामाजिक विषयमा निर्माण गर्न लागिएको फिल्म भरपुर मनोरञ्जनात्मक हुने निर्माण युनिटले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै