शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

काठमाडौं उपत्यकाका स्वास्थ्यकर्मीमध्ये आधामा कोरोना संक्रमण

मङ्गलबार, ११ फागुन २०७७, ११ : ५५
मङ्गलबार, ११ फागुन २०७७

काठमाडौं उपत्यकाका स्वास्थ्यकर्मीमध्ये झण्डै आधामा अत्याधुनिक सीएलआइए बेस्ट एन्टिबडी टेस्टमार्फत जाँच गर्दा कोभिड–१९ को संक्रमण भएको पाइएको छ ।  डिसेम्बर ३ देखि २५ सम्म २० अस्पतालमा पुगेर कोभिड–१९ को एन्टीबडीको व्यापकता पत्ता लगाउन अत्याधुनिक सिएलआइए बेस्ट एन्टिबडी टेस्टमार्फत नेपाल स्वास्थ्य अनुसन्धान परिषदले जाँच गर्दा यस्तो पत्ता लागेको हो । 

अध्ययनले एन्टिबडीको जाँच गर्दा औसतमा मंसिरको पहिलो दुई सातासम्म ४५.३ प्रतिशतमा  कोभिड–१९ रहेको देखिएको थियो । यस्तै अस्पतालको व्यापकता भने ३२.२ देखि ५७.२ प्रतिशत रहेको अध्ययनले देखाएको नेपाल स्वास्थ्य अनुसन्धान परिषदले जनाएको छ ।

 काठमाडौंका २० अस्पतालका ८ सय स्वास्थ्यकर्मीको नमुना लिइएको थियो भने १८ प्रतिशत डाक्टर, ३६ प्रतिशत नर्समा, २२ प्रतिशत प्रशासनिक कर्मचारी, ७ प्रतिशत ल्याबका कर्मचारी, अन्य १७ प्रतिशत अस्पतालका कर्मचारीमा संक्रमण भएको अध्ययनका क्रममा पाइएको थियो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप