
सिरहामा भएको सवारी दुर्घटनामा १३ घाइते, २ को अवस्था गम्भीर

सिरहामा भएको सवारी दुर्घटनामा परि १३ जना घाइते भएका छन् । जसमध्ये २ जनाको अवस्था गम्भीर रहेको छ । सिरहाको कर्जन्हा नगरपालिका वडा नम्बर वडा नम्बर ४ स्थित बस्तिपुरमा रोकिराखेको एक ट्रकमा तीव्र गतिमा आइरहेको बस ठोक्किँदा १३ जना घाइते भएको र त्यसमध्ये २ जनाको अवस्था गम्भीर रहेको सिरहा प्रहरीले जनाएको छ ।
बिग्रिएर सडकमा रोकिराखेको ना ६ ख १११० नम्बरको ट्रकमा लहानबाट ढल्केबरतर्फ आईरहेको ना ५ ख ८९८ नम्बरको यात्रुबाहक बस सोमबार राति करिव पौने १२ बजे ठोक्किन पुगेको थियो ।
घाइतेहरुको कर्जन्हास्थित फुलकुमारी महतो मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । बस चालक हाल प्रहरीको निगरानीमा रहेको र ट्रक चालक फरार रहेकोले उनको खोजतलास भईरहेको ईलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ