
म्याग्दीबाट पोखरा जाँदै गरेको जीप दुर्घटना

पर्वत जिल्लाको मोदी गाउँपालिका–५ अम्बोटस्थित पोखरा–बागलुङ सडकखण्डमा म्याग्दीबाट पोखरातर्फ जाँदै गरेको ग३च १०९ नंको जीप दुर्घटना हुँदा तीन जना घाइते भएका हुन् ।
दुर्घटनामा परी म्याग्दी जिल्ला अन्नपूर्ण गाउँपालिका–४ नारच्याङका ६५ वर्षीय भीमबहादुर पुन, सोही स्थानका ३० वर्षीय विशाल गर्बुजा र ३० वर्षीय ताराबहादुर गर्बुजा घाइते भएका हुन् ।
जीपमा चार जना सवार रहेकामा एक सकुशल रहेको र घाइतेको उपचारका लागि पोखरा लगिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । उनीहरुको अवस्था सामान्य रहेको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
तपाईको ईमेल गोप्य राखिनेछ