शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

युभेन्टसको जीतमा रोनाल्डोको दुई गोल

मङ्गलबार, ११ फागुन २०७७, ०७ : २९
मङ्गलबार, ११ फागुन २०७७

क्रिस्टियानो रोनाल्डोले हेडमार्फत् दुई गोल गरेपछि युभेन्टसले क्रोटोनेलाई हराउँदै शीर्ष स्थानमा रहेको इन्टर मिलानसँगको दुरी ८ अंकमा घटाएको छ ।

खेलको ३८ औँ मिनेट मिनेटमा एलेक्स सान्ड्रोको क्रसमा गोल गर्दै युभेन्टसलाई अग्रता दिलाए । पहिलो हाफको इन्जुरी समयमा एरोन रामशेको क्रसमा उनले अग्रता दोब्बर बनाए ।

युभेन्टस आएयता साढे दुई वर्षमा उनको यो ७० औँ गोल थियो । यो समयमा रोनाल्डोभन्दा रोबर्ट लेवान्डोस्की र लियोनेल मेस्सीमात्र बढी गोल गरेका छन् । यता, रोनाल्डोको गोल खाने क्रोटोने युरोपको शीर्ष ५ लिगको ७८ औँ टोली बनेको छ ।

त्यस्तै, इन्टरका रोमेलु लुकाकुलाई उछिन्दै रोनाल्डो यो सिजन सिरिए ए को सर्वाधिक गोलकर्ताको सूचीको शीर्ष स्थानमा उक्लिएका छन् । दोस्रो हाफमा वेस्टन म्याककेनीले युभेन्टसको तेस्रो गोल गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप