शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

भारतीय सांसद होटलमा मृत फेला

सोमबार, १० फागुन २०७७, २३ : ५७
सोमबार, १० फागुन २०७७

एजेन्सी । भारतका एक सांसद मृत फेला परेका छन् । लोकसभा सदस्य मोहन देलकर दक्षिण मुम्बईको एक होटलमा मृत फेला परेका हुन् । उनको शव होटल सी ग्रीनमा फेला परेको थियो । प्रहरीले उनी बसेको कोठाबाट गुजराती भाषामा लेखिएको सुसाइड नोट पनि भेटेको छ । 

उनको शव सोमबारै पोष्टमार्टमका लागि पठाइएको दैनिक भाष्करले जनाएको छ । ५८ वर्षीय डेलकर सन् २०१९ मा केन्द्र शासित प्रदेश दादरा र नगर हवेलीबाट स्वतन्त्र सांसदको रुपमा निर्वाचित भएका थिए । डेलकरको परिवारमा पत्नी कालाबेन डेलकर, दुई छोराछोरी अभिनव र दिविता रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप