ad
केन्द्रीय संस्करण

दाङमा जीपले अटोलाई ठक्कर दियो, चालकको मृत्यु, पाँच घाइते

person explore access_timeफागुन १०, २०७७ chat_bubble_outline0
सांकेतिक तस्बिर

तुलसीपुर  । तुलसीपुरको दूधेनामा सोमवार जीपले अटोलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । थप पाँच जना घाइते भएका छन् । दुर्घटनाका गम्भीर घाइते दाङको शान्तिनगर गाउँपालिका–१ पेदीखोला निवासी ३० वर्षीय अटो चालक रमेश विकको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ ।

गम्भीर घाइते विकलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको प्रारम्भिक उपचारपछि थप उपचारका लागि बाँकेको कोहलपुर रेफर गरिएको थियो । उनको उपचारका क्रममा बेलुकी सात बजे तिर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

दुर्घटनाका घाइते मध्य अटोमा सवार शान्तिनगर १ की ३० वर्षीया रुपा वली, उनकी २ वर्षीया छोरी पुष्पा वली र शान्तिनगर २ की ४१ वर्षीया शारदा केसीको अवस्था गम्भीर रहेको जनाइएको छ । उनीहरु तीनै जनालाई थप उपचारको लागि कोहलपुर रेफर गरिएको पनि प्रहरीले जनाएको छ ।

त्यस्तै अटोमै सवार अन्य २ जना घाइतेको अवस्था सामान्य रहेको र उनीहरुको उपचार राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा भइरहेको प्रहरीले बताइएको छ । दिउँसो तीन बजेतिर तुलसीपुरबाट पश्चिमतर्फ जाँदै गरेको रा १ ह ४३३६ नम्बरको अटो र पश्चिमबाट तुलसीपुरतर्फ आउँदै गरेको रा १ ज ५०८ नम्बरको जीप तुलसीपुर उपमहानगरपालिका ८ दूघेनामा एक आपसमा ठोक्किँदा उक्त दुर्घटना भएको हो ।
जीप चालक प्रहरी नियन्त्रणमा छन् । प्रहरीले तीव्र गतिका कारण दुर्घटना भएको अनुमान गरेको छ । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.