मकवानपुरमा एक वर्षमा २३ महिला बलात्कृत
मकवानपुर । एक वर्षको अवधिमा मकवानपुरमा २३ महिला बलात्कारको सिकार बनेका छन् । जिल्लामा एक वर्षको अवधिमा ६१ वटा मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटना भएको औपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले जनाएको छ ।
कुल ४ लाख ३२ हजार २९२ जनसंख्या रहेको मकवानपुरमा सन् २०२० मा मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटनाबाट ५१ जना महिला, ९ जना पुरुष र एक जना तेस्रो लिङ्गी पीडित भएको इन्सेक मकवानपुरका संयोजक कृष्ण गौतमले जानकारी दिए ।
इन्सेकको तथ्यांकअनुसार सो अवधिमा मकवानपुरमा ६ जनाको हत्या, २३ जना महिला बलात्कृत भएका छन् भने ३ जना महिलामाथि बलात्कारको प्रयास भएको छ । त्यसैगरी ६ जना बालिका यौन दुर्व्यवहारको शिकार बन्न पुगेका छन् भने एक बालिका बेचबिखनमा परेको इन्सेकको तथ्याङ्कमा उल्लेख छ ।
यस्तै, भीमफेदी गाउँपालिकामा रहेको क्षेत्रीय कारागारमा सन् २०२० मा एक जना कैदीको मृत्यु भएको छ । १ हजार २ सय जनाको क्षमता रहेको सो कारागारमा ९ सय २३ जना कैदी बन्दी छन् ।
यसैगरी मकवानपुरको बाल सुधार गृहमा सन् २०२० मा एक बालकको मृत्यु भएको छ । संघीय सरकार मातहतको सो बाल गृह जिल्ला प्रशासन कार्यालयले व्यवस्थापन गरिरहेको छ । बाल सुधार गृहमा ५२ जना बालकलाई राखिएको इन्सेकको तथ्याङ्कमा उल्लेख छ ।
बालबिज्याइ गरी अदालतको आदेशबाट दण्ड सजाय बालबालिकालाई पढ्ने, खेल्ने व्यवस्थासहित उचित सुरक्षाका साथ बालगृहमा राखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इलाममा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
-
दिल्लीको विजययात्रमा लगाम लगाउने धुनमा बलियो बेंगलुरु
-
दुलेगौडा–हर्कपुर मार्ग धमाधम कालोपत्र गरिँदै
-
‘अमेरिका जानुअघि सोच्नु’ भन्दै चीनले जारी गर्यो एड्भाइजरी
-
वर्षाले कहाँ–कहाँ छ राजमार्ग अवरुद्ध ?
-
काठमाडौँबाट रामेछाप जाँदै गरेको यात्रुवाहक बस रोशीमा दुर्घटना