सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

नागरिक लगानी कोष र फलेवास नगरपालिकाबीच सम्झौता

सोमबार, १० फागुन २०७७, १९ : २१
सोमबार, १० फागुन २०७७

काठमाडौं । नागरिक लगानी कोष र पर्वतको फलेवास नगरपालिकाबीच सम्झौता भएको छ । असंगठित क्षेत्रका विपन्न मजदूरको ५ सय रुपैया  योगदान तथा नगरपालिकाद्धारा ५ सय रुपैया थप गरी मासिक १ हजार रुपैयाको दरले प्रति महिना रकम जम्मा गर्ने गरी कोष र नगरपालिकाबीच सम्झौता भएको हो ।

सम्झौतामा कोषका तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र नगरपालिकाका तर्फबाट नगर प्रमुख पदमपाणी शर्माले हस्ताक्षर गरेका छन् । उक्त योजनामा सहभागी करीव ७ सय असंगठित क्षेत्रका विपन्न मजदुरहरुले ६० वर्ष पुगे पश्चात मासिक रुपमा पेन्सन प्राप्त गर्ने वा सावाँ, ब्याज तथा प्रतिफलसहित एकमुष्ठ रकम लिन सक्ने गरी सहभागिता गराइएको छ । यस पेन्सन योजनाको बैकिङ्ग पार्टनरको रुपमा एन.आइ.सि.एसिया बैंक रहेको छ । 

नगरपालिकाको यस कार्यक्रमलाई एनआइसी एसियाको कुश्मा शाखाबाट सेवा प्रदान गर्ने व्यवस्था समेत गरिएको छ । पहिलो चरणमा सहभागी भएका प्रत्येक सहभागीलाई सामाजिक उत्तर दायित्व  अन्तर्गत कोषको तर्फबाट १÷१ सय रुपैयाँ सहभागीको खातामा थप गर्ने कोषका कार्यकारी निर्देशक नेपालले बताए । सो अवसरमा नगरपालिका प्रमुख,उप–प्रमुख लगायत अन्य दलका प्रतिनिधिले नगरपालिकाको कदम, कोषको सहयोग र सहकार्यको प्रशंशा गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप