
भ्रष्टाचारका फाइल पल्टाउन थालेपछि घेराबन्दी सुरु भयोः परराष्ट्रमन्त्री

गुल्मी । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले अहिलेको सरकारले ठुला–ठुला भ्रष्टाचारका फाइलहरू पल्टाएर काम कारबाही सुरु गरेपछि घेराबन्दी सुरु भएको बताएका छन् । सो कदमपछि केही नेताहरु त्रसित भएर सरकारविरुद्ध घेराबन्दी गर्न सुरु गरेको जिकिर उनले गरे ।
सोमवार नेकपा ओली पक्षले गुल्मी सदरमुकाम तम्घासमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता ज्ञवालीले यस्तो जिकिर गरेका हुन् । ओली पक्षका स्थायी कमिटी सदस्य समेत रहेका मन्त्री ज्ञवालीले सरकारलाई घेराबन्दी गर्न थालेपछि प्रतिनिधिसभा विघटन गर्नुपरेको बताए । सरकारले कालापानी लिम्पियाधुरासहित नेपाली भूमि सहितको नक्सा जारी गरेर राष्ट्रियताको पक्षमा खरो उत्रेपछि नेताहरु घेराबन्दीमा उत्रिएको आरोप उनले लगाए ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ