मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री ओलीले सुर्खेतमा सम्बोधन गर्ने

सोमबार, १० फागुन २०७७, १८ : १७
सोमबार, १० फागुन २०७७

सुर्खेत । कामचलाउ सरकारका प्रधानमन्त्री एवम्  नेकपा ओली पक्षका अध्यक्ष केपी शर्मा ओली  फागुन १४ गते शुक्रबार सुर्खेत आउने भएका छन् । पार्टी प्रदेश कमिटीको आयोजनामा हुन गइरहेको जनसभालाई सम्बोधन गर्न ओली सुर्खेत आउन लागेका हुन्  । 

त्यसका लागि कार्यक्रमको व्यवस्थापन तथा व्यवस्थित हिसाबले कार्यक्रम सम्पन्न गर्न प्रदेश कमिटी तथा सुर्खेतका नेता कार्यकर्ताहरु तयारीमा जुटेका छन् । १४ गते दिउँसो १२ बजेदेखि प्रदेशको सामाजिक विकास मन्त्रालय भन्दा पछिको खुला मैदानमा कार्यक्रम स्थान तोकिएको छ । जनसभामा उपस्थितिको लागि कर्णालीवासीलाई आह्वान समेत गरिएको बताइएको  छ । 

ओलीको साथमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ पनि आउने नेकपा केन्द्रीय सदस्य तथा जनसभा मूल व्यवस्थापन समितिका संयोजक मोहनमाया ढकालले रातोपाटीलाई जानकारी दिइन् । ‘हामीले तयारी तिव्र तरिकाले गरिरहेका छौँ,’ सबैको उपस्थित रहला त भन्न  सकिन्न तर, ५० हजार भन्दा बढी त  हामी जम्मा गर्छौँ नै’ उनको दावी थियो ।

त्यसका लागि प्रसार–प्रचारको काम तिव्र रुपमा भइरहेको उनले जानकारी दिइन् ।  प्रदेश कमिटी, जिल्ला कमिटी र स्थानीय तहका सम्पूर्ण नेता कार्यकर्ताहरुको उपस्थितिमा प्रदेशको राजधानीमा पहिलो पटक यति ठुलो कार्यक्रम गर्न लागिएको हो । 

यस्तै जनसभाको अघिल्लो दिन ओली पक्षीय अनेरास्ववियुले बृहद् मोटरसाइकल र्याली निकाल्ने तयारी थालेको  छ ।  अनेरास्ववियु सुर्खेतका संयोजक धुपेन्द्रबहादुर शाहीका अनुसार विद्यार्थी तथा युवाहरुको सहभागितामा फागुन १३ गते मोटरसाइकल र्यालीको आयोजना गरिएको हो । २ हजार भन्दा बढी मोटरसाइकल सहितको र्यालीको आयोजना गरिएको उनले बताए  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप