शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रियंका चोपडा मोटाइन् कि गर्भवती छिन् ? नयाँ तस्बिर चर्चामा

सोमबार, १० फागुन २०७७, १६ : ४४
सोमबार, १० फागुन २०७७

बलिउड अभिनेत्री प्रियंका चोपडा जोनसको सोसल मिडियामा प्रकाशित भएका पछिल्ला तस्बिर चर्चामा आएको छ । तस्बिरमा प्रियंका चोपडा लण्डनमा घुमिरहेको देखिएकी छिन् ।

वास्तवमा प्रियंका चोपडा यी तस्बिरमा केही मोटाएको जस्तो देखिएकी छिन् । तसर्थ उनका केही प्रशंसकले उनी गर्भवती भएकी हुन् कि भन्ने आशंका व्यक्त गरेका छन् ।

यद्यपि, प्रियंका चोपडा यतिबेला क्याजुअल लुकमा देखिएकी छिन् । यस्तोमा केही प्रशंसकले उनको तौल केही बढेको कुरामा सहमति जताएका छन् ।

स्मरण रहोस्, प्रियंका चोपडाको किताब अनफिनिस्ड हालै रिलिज भएको छ । र उनी आफ्नो किताबका लागि निकै चर्चामा छिन् ।

प्रियंकाले आफ्नो यो किताबमा आफ्नो बाल्यकालदेखि अहिलेसम्मको यात्रा सबिस्तार वर्णन गरेकी छिन् ।

उक्त किताबमा प्रियंकाले आफ्ना थुप्रै रोचक किस्सा पनि साझा गरेकी छिन् ।

हाल प्रियंका लण्डनमा छिन्, जहाँ उनी आफ्नो वेब शो सिटाडेलको सुटिङ गरिरहेकी छिन् ।

अमेजनको स्पाई सिरिजमा प्रियंका गेम अफ थ्रोन्स स्टार रिचर्ड मेडेनेका अपोजिटमा देखिएकी छिन् ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप