बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

इजिप्टको मिस इकोमा नेपालको प्रतिनिधि अनुश्मा

सोमबार, १० फागुन २०७७, १५ : ३१
सोमबार, १० फागुन २०७७

काठमाडौँ । अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस इको इन्टरनेशनल २०२१’ मा नेपालको प्रतिनिधित्व अनुश्मा रायमाझीले गर्ने भएकी छन् । मिस इकोका लागि अधिकार प्राप्त नेपाली संस्था ग्रिन आर्ट मिडियाले उक्त प्रतियोगितामा नेपाली प्रतिनिधिको रुपमा रायमाझीलाई पठाउन लागेको हो ।

रायमाझी ‘मिस इको इन्टरनेशनल नेपाल २०२०’ को बिजेता पनि हुन् । ६० बढी देशका इको सुन्दरीहरुको सहभागिता रहने प्रतियोगिता १८ मार्चदेखि ५ जुनसम्म आयोजना हुनेछ । २१ वर्षीय रायमाझी प्रतियोगिताका लागि मार्चको पहिलो साता इजिप्ट उड्ने तयारीमा छिन् । कल्चरल ड्रेस र देशमा रहेको सांस्कृतिक र पर्यटकीय स्थानको प्रतियोगितामा आफुले प्रचार गर्ने उनले बताइन् ।

मिस इको इन्टरनेशनलको रायमाझी नेपालको छैठौं  सहभागी हुन् । यसअघि प्रतियोगिता प्रिन्शा श्रेष्ठ, नग्मा श्रेष्ठ, रोनाली अमात्य, मुना गौचनले, मौनता लामा सहभागिता जनाएका थिए । ‘मिस इको इन्टरनेशनल’ एक प्रतिष्ठित अन्तर्राष्ट्रिय सुन्दरी प्रतियोगिता हो । जसको एल.टी.सि.पि.अर्गनाईजेशनले ब्युटी फर इको’ जागृत गर्दै टुरिजम् र वातावरणको विषयलाई मुख्य कार्यक्षेत्र बनाई इजिप्टबाट २०१५ देखि सुरु गरेको हो । यसको मुख्य उद्देश्य विश्वभरीका पर्यावरण, संस्कृतिलाई अन्तर्राष्ट्रिय नेटवर्क मार्फत सूचना प्रवाह गर्ने रहेको छ ।

‘मिस इको इन्टरनेशनल’ को उपाधि नेपाल भित्रिने आशा सहित रायमाझीलाई प्रतियोगितामा पठाउन लागिएको ग्रीन आर्ट मिडियाका सिइयो प्रविन लाकौलले बताए । ग्रीन आर्टस मिडियाकी अनिला श्रेष्ठ मिस इको नेपालको आधिकारिक राष्ट्रिय निर्देशकको रुपमा रहेकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप