बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किमलाई किन आफ्नै विमानमा लैजान खोजेका थिए ?

सोमबार, १० फागुन २०७७, १५ : २४
सोमबार, १० फागुन २०७७

काठमाडौं । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यकालमा उत्तर कोरियाली नेता किम जोङ उनलाई आफ्नो विमानमा चढ्न प्रस्ताव गरेको खुलासा भएको छ । बेलायती सञ्चारमाध्यम ‘बीबीसी’ ले हालै यो सम्बन्धी तथ्य प्रकाशमा ल्याएको हो । बीबीसीका अनुसार दुई वर्षअघि तत्कालीन अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेता किमलाई आफ्नो विमान ‘एअरफोर्स वन’ मा चढ्न प्रस्ताव गरेका थिए ।

दुई नेताबीच हनोइमा भएको शिखर वार्तापछि फर्कने क्रममा ट्रम्पले उत्तर कोरियाली नेता किमलाई आफ्नो विमानबाट उत्तर कोरियामा लगिदिने प्रस्ताव गरेको बीबीसीले जनाएको छ । ‘ट्रम्प टेक अन द वर्ल्ड’ नामक डकुमेन्ट्रीलाई बीबीसीले जनाएअनुसार ट्रम्पले किमसमक्ष उक्त प्रस्ताव गरेपछि अमेरिकी कुटनीतिज्ञहरुसमेत चकित भएका थिए ।

ट्रम्पको प्रस्ताव किमले स्वीकार गरेको भए उनी अमेरिकी राष्ट्रपतिको विमान चढ्थे र ‘एअर फोर्स वन’ ले उत्तर कोरियाली हवाई मार्ग प्रयोग गर्नु पर्दथ्यो । किमलाई उत्तर कोरियामा पु¥याउन गएर फर्कने क्रममा उत्तर कोरियाली हवाई क्षेत्रमा रहँदासम्म हुन सक्ने सम्भावित सुरक्षा चुनौतीलाई लिएर अमेरिकी सुरक्षा निकाय र कुटनीतिज्ञहरु अचम्मित बनेका थिए ।

तर किमले ट्रम्पको प्रस्ताव स्वीकार नगरेका कारण ठुलो तनाव टरेको अमेरिकी अधिकारीहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । ट्रम्पको राष्ट्रिय सु्रक्षा परिषदका एसिया विशेषज्ञ म्याथ्यु पोटिंगरलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार रेलमार्ग हुँदै हनोइ पुगेका किमलाई ट्रम्पले आफ्नो विमानबाट सँगै फर्कन प्रस्ताव गर्दै ‘म तपाईलाई दुई घण्टामै घर पु¥याइदिन्छु’ भनेका थिए ।

रेलमार्ग हुँदै लामो यात्रा गर्नुपर्ने भएकाले ट्रम्पले किमलाई विमानमै जाऊँ भन्ने प्रस्ताव गरेको बताइन्छ । पोटिंगरका अनुसार त्यतिबेला ट्रम्पले किमलाई आफ्नो नयाँ मित्रका रुपमा लिएका थिए । तर किमले ट्रम्पको सो प्रस्तावलाई अस्वीकार गरेको उनले जानकारी दिए । यसअघि सिंगापुरमा भएको शिखर वार्तामा पनि ट्रम्पले किमलाई आफ्नो कारभित्रको झलक देखाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप