समाचार

मन्त्रोच्चारणसहित मेलम्चीको पानी सुरुङमा पठाइयो (तस्बिरमा हेर्नुस्)

person explore access_timeफागुन १०, २०७७ chat_bubble_outline0

काठमाडौं । मेलम्ची खाने पानीको साढे २६ किलोमिटर सुरुङमा सोमबार पानी भरेर परीक्षण सुरु गरिएको छ । खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी विकास समितिले काम पूरा गरेसँगै सोमबार पानी हालेर परीक्षण गरिएको हो । मेलम्ची खानेपानी आयोजनाको सुरुङको परीक्षणमा खानेपानी मन्त्री मणिचन्द्र थापा, विघटित प्रतिनिधिसभा सदस्य शेरबहादुर तामाङलगायतका पदाधिकारीहरू आयोजनास्थल मेलम्चीमा पुगेर परीक्षण सुरु गरेका हुन् । गत असारमा यो सुरुङमा पानी भनेर परीक्षण गर्दा हेलम्बु गाउँपालिका–१ स्थित अम्बाथानको अडिटको मुख्य गेट (नं १७) फुटेको थियो । त्यसपछि मर्मत गरेर पुन सोमबार पानी छाडिएको हो । 

सिन्धुपाल्चोकको मेलम्ची खोलादेखि काठमाडौँको सुन्दरीजलसम्मको साढे २६ किलोमिटर सुरुङ भर्न १६ दिन लाग्नेछ ।  गत असारमा पानी परीक्षणका क्रममा दुर्घटना भएर २ जनाको मृत्यु भएकाले यो पटक परीक्षण गर्दा पूजा पाठसहित गरिएको मेलम्ची खानेपानी बिकास समितिले जनाएको छ ।

मन्त्री थापाले बाँधस्थलमा रहेको पानी पठाउने कन्ट्रोल प्यानलको स्वीच थिच्ने बेला ब्राह्मण पुरोहितले मन्त्रोच्चारण गरेका थिए भने बाहिर बौद्ध पुरोहितले पनि मन्त्रोच्चारण गरेका थिए । मन्त्री थापाले स्विच थिचेर सुरुङमा पानी पठाएपछि आगामी वैशाखदेखि काठमाडौं उपत्यकावासीले मेलम्चीको पानी पिउन पाउने प्रतिक्रिया दिए ।  त्यसक्रममा मन्त्री थापाले २ महिना सुरुङ्गमा पानी पठाएर परीक्षण सकिएपछि पिउने पानी नियमित छाडिने पनि बताएका छन् । 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।