पूर्वी मेक्सिकोमा सैनिक विमान दुर्घटनाग्रस्त, ६ सैनिकको मृत्यु
सोमबार, १० फागुन २०७७, १४ : २६
मेक्सिको सिटी । मेक्सिको वायुसेवाको एउटा विमान भेराक्रुज राज्यमा आइतबार दुर्घटनाग्रस्त हुँदा कम्तीमा छ जना सैनिकको मृत्यु भएको छ । मेक्सिकोको रक्षा मन्त्रालयका अनुसार उक्त दुर्घटना एमिलियानो जापाटा नगरपालिका क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो ।
मन्त्रालयले जारी गरेको संक्षिप्त विज्ञप्तिमा एल लेन्सेरो विमानस्थलबाट आइतबार उड्नासाथ लियरजेट ४५ नामको उक्त विमान दुर्घटना भएको उल्लेख छ । सेनाले विमान दुर्घटनाका सम्बन्धमा छानबिन शुरु गरिसकेको जनाएको छ । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन सर्यो
-
इलाममा सुहाङलाई भोट माग्दै ओलीले भने– जिताउनुस्, विकासको जिम्मा म लिन्छु
-
इलाम र बझाङमा कसरी गर्दैछ निर्वाचन आयोगले आचारसंहिता अनुगमन ?
-
जीबी राईलाई सुपुर्दगी गर्न मलेसियन सरकारलाई कूटनीतिक पत्र
-
अमेरिकी जहाज निर्माण अनुसन्धान ‘झुटो आरोपले भरिएको छ’– चीन
-
दोलखामा पूर्वसुरक्षाकर्मी परिषद् बिस्तार अभियान