
दोस्रो नेपाली तारा सन्तोषको ‘शब्द’ सार्वजनिक
काठमाडौं । दोस्रो नेपाली तारा विजेता गायक सन्तोष लामाको नयाँ गीत ‘शब्द’ सार्वजनिक भएको छ । गीतमा स्वर तथा संगीत समेत लामकै रहेको छ । गीतको भिडियोमा पनि लामाकै अभिनय छ । भिडियो अभिनयमा उनलाई सफल पोखरेलले साथ दिएका छन् ।
भिडियोमा सफल निर्माता र लामा गीतकारको रुपमा देखिएका छन् । एउटा गीतका र निर्माता बीच हुने गीत छनौटको प्रक्रिया भिडियोमा कथा बुनिएको छ । गम्भिर विष्टको निर्देशन रहेको भिडियोमा नवराज उप्रेतीको छायाँकन छ भने प्रोडक्सन म्यानेजर शम्भु श्रेष्ठ हुन् ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ