विश्वको दोश्रो अग्लो ‘माउन्ट के टू’ आरोहण टोलीलाई परिसंघद्वारा सम्मान
काठमाडौं । विश्वको दोस्रो अग्लो हिमाल ‘माउन्ट के टू’ का आरोहीहरूलाई नेपालको निजी क्षेत्रको प्रमुख संस्था नेपाल उद्योग परिसंघले सम्मान तथा स्वागत गरेको छ । बिहीबार राजधानीमा आयोजित औपचारिक स्वागत तथा सम्मान समारोहमा परिसंघका अध्यक्ष सतीशकुमार मोरसहितको टोलीले के टू आरोही निर्मल पुर्जा र आरोहण दललाई सम्मान तथा स्वागत गरेको हो ।
समारोहलाई सम्बोधन गर्दै अध्यक्ष मोरले यो कीर्तिमान सम्पूर्ण नेपालीहरूको लागि ठूलो गौरवको विषय भएको बताए । उनले यस कीर्तिमान एवं साहसिक आरोहणबाट आफ्नो मात्र नभएर नेपाल र नेपालीको शिर उच्च बनाउँदै हिमालय आरोहणमा विश्व रेकर्ड कायम गर्न सफल भएको बताए ।
हिमशिखर आरोहणमा नेपालका शेर्पा र युद्ध कुशलतामा “गोर्खाज” विश्वमा प्रसिद्ध नाम हो । त्यसमा पनि साहसिक पदयात्रा र हिमालय आरोहणको क्षेत्रमा नेपालको शेर्पा समूह अग्रणी मात्र हैन अनुकरणीय कुशलताको एक पर्यायावाचि नै भएको अध्यक्ष मोरले बताए ।
उनले भने, ‘हिमालयको संरक्षण, पर्यटन प्रवद्र्धन र विशेषतः दुर्गम क्षेत्रको आर्थिक गतिविधि बढाउन मात्र नभएर दुरदराजका बासिन्दाहरूको जीवनस्तर उकास्न र त्यस क्षेत्रको “शिक्षा स्वास्थ्य” का साथै पर्यटनको संरक्षणमा यहाँहरुले पुर्याउनु भएको योगदान अतुलनीय रहेको छ ।’
परिसंघका वरिष्ट उपाध्यक्ष विष्णुकुमार अग्रवालले नेपालको नाम विश्वभर स्थापित गराएकोमा आरोहण टोलीलाई बधाई दिए । उनले भने, ‘आत्मविश्वास, लगाव र कठोर मेहनतले प्राप्त गरेको सफलताले नेपालको नाम विश्वभर परिचित गराउनुको साथै नेपालको नाम उच्चो बनाउनु भएको छ । कोभिड–१९ का कारण थलिएको पर्यटन क्षेत्रलाई केही हदसम्म विश्वभर नेपालको नाम परिचित गराएर संसारभर आरोहण सफल गरेर नेपालीको नाम र नेपालीले गर्न सक्छ ।’
टुरिजम कमिटीका संयोजक पम्पा धमलाले नेपाली आरोहीले विश्वको दोश्रो हिमाल केटुको सफल आरोहण गरेर विश्व कीर्तिमान कायम गरेकोमा बधाई व्यक्त गरे ।
टोलीले ३ माघमा (जनवरी १६ मा) साँझ ५ बजे सफल विश्वको दोस्रो अग्लो (८,६११ मिटर) चुचुरो के टूको आरोहण गरेको थियो । १० जना नेपालीले हिउँदयाममा आरोहण गरेर विश्व कीर्तिमान बनाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी