मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

जफत गरिएका ६३ लाख रुपैयाँ बराबरको माल–सामान लिलाम गर्दै ठाडी भन्सार

सोमबार, १० फागुन २०७७, १२ : ५४
सोमबार, १० फागुन २०७७

काठमाडौं । ठाडी भन्सार कार्यालय सिरहाले ६३ लाख रुपैयाँ बराबरको जफत माल सामान विक्री लिलामी गर्ने भएको छ । भन्सार कार्यालयले गत आर्थिक वर्ष २०७५÷७६ देखि हालसम्म भन्सार छली चोरी निकासी, पैठारी मुद्दामा पक्राउ परी जफत भएका कुल ६३ लाख २० हजार ३ सय ५७ रुपैयाँ बराबरको माल वस्तुको एकैपटक लिलामी गर्ने भएको हो । 

कार्यालयले सोमबार एक सूचना जारी माल वस्तु लिलाम विक्री सम्बन्धि ७ दिने सिलवन्दी बोलपत्र आह्वान गरेको छ ।  भन्सार ऐन, २०६४ को दफा ५० तथा भन्सार नियमावली ३६ बमोजिम यस्ता माल वस्तुको विक्री लिलामी सिलवन्दी बोलपत्रको आह्वान गरिएको भन्सार कार्यालय ठाडीले जनाएको छ ।

विभिन्न समयमा जफत भई प्रतिवेदन समेत बनि  कार्यालयमा दाखिला भइसकेका माल वस्तुहरु जस्तो अवस्थामा छ सोही अवस्थामा विक्रि वितरण गरिने गरि भन्सार कार्यालय ठाडी, सिरहाले जनाएको छ । 
प्रमुखतः दुई शीर्षकमा माल वस्तु छुट्याएको कार्यालयले पहिलो मुद्दा संख्या ११० सम्मलाई न्युनतम बिक्री मूल्य २१ लाख ७१ हजार ६ सय ४२ रुपैयाँ तोकेको छ भने दोस्रो मुद्दा १६९ सम्मलाई ४१ लाख ४८ हजार ७ सय १५ रुपैयाँ लिलामी मूल्य तोकेको छ । 

यी दुवै शीर्षकका लागि इच्छुक व्यक्ति, फर्म वा संघ–संस्थाले दरभाउपत्र खरिदका लागि रु २ हजार रुपैयाँ तिरेर दरखास्त दिन सक्ने विभागले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप