
‘अर्जुन रेड्डी’को नेपाली संस्करणका लागि कलाकारको खोजी

काठमाडौँ । ब्यवसायिक रुपमा सफल दक्षिण भारतीय तेलुगु फिल्म ‘अर्जुन रेड्डी’को नेपाली रिमेक भर्सका लागि अहिले कलाकारको खोजी सुरु भएको छ । निर्माण तथा वितरणको अनुमति लिएको युवा फिल्मस्ले यसको लागि अडिसन मार्फत कलाकार छान्न लागेको हो ।
बिशाल सापकोटाको निर्देशन रहने र करिव १ वर्षअघि नै निर्माण घोषणा भएको फिल्मको कोरोनाका कारणले काम अगाडि बढ्न सकेको थिएन । अहिले भने अडिसन मार्फत फिल्मको अभिनेता, अभिनेत्री तथा अन्य कलाकार छनौट गरेर काम अगाडि बढाउन लागिएको निर्देशक सापकोटाले बताए ।
केही महिना अघि यो फिल्ममा केही अभिनेताको नाम समेत जोडिएको थियो । युवा फिल्मस्ले भने कुनै फिल्मका लागि फाइनल नभएको र अहिले अडिसन मार्फत छान्न लागिएको जनाएको छ ।
दक्षिण भारतीय स्टार विजय देवगरकोन्डा अभिनित उक्त फिल्मलाई सन्दीप रेड्डी भङगले निर्देशन गरेका थिए । उक्त फिल्मको हिन्दी रिमेक ‘कबिर सिंह’ पनि व्यवसायिक रुपमा सफल भएको थियो ।
‘अर्जुन रेड्डी’को निर्माण कम्पनी भद्रकाली पिक्चर्सको तर्फबाट निर्माता प्रणय रेड्डी र युवा फिल्मसका तर्फबाट केशव खड्काले केही अगाडि नेपाली रिमेका लागि अमेरिकामा निर्माण सम्झौता गरेका थिए ।
दक्षिण भारतीय फिल्मको राइट्स लिएर निर्माण हुन लागेको यो पहिलो नेपाली फिल्म हो । फिल्म केशव खड्का र आशिष श्रेष्ठले निर्माण गर्न लागेका हुन् ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ