बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

महिलाको कामुकतालाई पाप मानिन्छ : एकता कपूर

सोमबार, १० फागुन २०७७, ११ : ३२
सोमबार, १० फागुन २०७७

बलिउड उद्योगकी टेलिभिजन क्विन एकता कपूरले बारम्बार महिलाहरुको अधिकारको बारेमा आवाज उठाउने गरेकी छन् । उनले फेरि एकपटक महिलाको निजी हकको बारेमा बोलेकी छन् । 

धेरैजसो देशका महिलाको यौनको विषयमा गरिने कुराकानीलाई पाप मानिन्छ । तर ‘लिपस्टिक अंडर माय बुर्का’, ‘द डर्टी पिक्चर’, ‘डॉली किटी’ र ‘वो चमकते सितारे’  जस्ता फिल्मले महिलाको यौनको विषयमा उठाएको मुद्दा सही भएको बताएकी छन् । 

उनले भनेकी छन्, 'अधिकांश देशमा महिलाको कामुकतालाई पाप मानिन्छ । मलाई थुप्रै पटक टीभि सीरियलमा महिलाहरुलाई सारी, सिन्दुर लगाएर देखाएको विषयलाई लिएर प्रश्न गर्ने गरिन्छ । तर देशमा महिलाको विकास भएको देख्दा निकै हैरान हुन्छु । सारी वा स्विमसुट लगाउनु महिलाको निजी इच्छा हो ।' 

उनले रुढीबादी महिलाहरुको समस्यामा घरेलु हिंसाहरुको विषय धेरै हुने भएपनि अन्य महिलाहरुको समस्या अलग अलग हुने बताइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप