'मार्स ल्यान्डिङ' र हिन्दु महिलाले लगाएको टीका
अमेरिकी अन्तरिक्ष एजेन्सी नासा अहिले चर्चाको चुलीमा छ। आफ्नो मंगल अभियान अन्तर्गत नासाले आफ्नो अत्याधुनिक 'रोवर पर्सिभरेन्स'लाई गत १८ फेब्रुअरीमा मंगल ग्रहको जेजेरो क्रेटरमा अवतरण गराएपछि नासा, 'रोवर पर्सिभरेन्स' र 'जेट प्रपोल्सन लेबोरेट्री'को विश्व्यापी चर्चा भइरहेको छ। नासा विज्ञान, प्रविधि र अन्तरिक्षको क्षेत्रमा विश्वकै सर्वश्रेष्ठ संस्था हो। नासालाई सर्वश्रेष्ठ बनाउन मा विश्वभरकै श्रेष्ठ मस्तिष्कको हात छ। नासामा अमेरिकन मात्रै होइनन संसारभरीका मानिस काम गर्छन्।
भारतीयहरुको कुरा गर्ने हो भने नासामा ३६ प्रतिशत वैज्ञानिक भारतीय अथवा भारतीय मूलका रहेका छन। नासामा आबद्ध रहेका प्रति १० जना वैज्ञानिकमा ४ जना वैज्ञानिक भारतीय मूलका छन्।
मंगल ग्रहमा 'पर्सिभरेन्स रोवर'को सफल अवतरण पछि नासामा कार्यरत एकजना भारतीय मूलको महिला वैज्ञानिक पनि चर्चाको शिखरमा छन। निधारमा हिन्दू धर्म संस्कृतिको प्रतीक चिन्ह टीका लाएकी एकजना महिला अहिले इन्टरनेटदेखि पत्र- पत्रिकामा खुबै भाइरल भइरहेकी छन। यिनी हुन् नासाको क्यालिफोर्निया स्थित 'जेट प्रपोल्सन लेबोरेट्री'मा कार्यरत भारतीय मूलको वैज्ञानिक स्वाती मोहन ।
स्वाती मोहनले यस अमेरिकी मंगल अभियानमा अर्थात 'रोवर मार्स पर्सिभरेन्स' अवतरण गराउने कार्यमा 'गाइडेन्स एण्ड कन्ट्रोल अपरेसन्स'को नेतृत्व गरेकी थिइन । 'रोवर मार्स पर्सिभरेन्स'ले मंगल ग्रहमा अवतरण गरेपछि यसको विश्वव्यापी घोषणा गर्ने जिम्मा स्वातीले नै पाएकी थिइन ।
स्वातीकै स्वरमा विश्वले 'रोवर पर्सिभरेन्स' ले मंगल ग्रहको जेजेरो क्रेटरमा ओर्लेको समाचार पाएको थियो। यस उद्घोषणका क्रममा स्वाती मात्रै होइन उनले निधारमा लाएको टीकाले पनि विश्व्यापी चर्चा पायो। नासाको यस उपलब्धिसँगै स्वातीले लाएको टीका पनि संसारभरी चर्चा र चासोको विषय बन्यो । अत्याधुनिक प्रविधिको ज्ञाता, वैज्ञानिक 'एट्च्यिुड' भएको उच्च प्रतिभा सम्पन्न र विश्वकै सर्वोत्कृष्ट वैज्ञानिक संस्थामा कार्यरत महिला वैज्ञानिकमा हिन्दू धर्मका प्रतीक चिन्हप्रति आदर र सम्मान भावलाई हिन्दू संस्कारप्रतिको उनको लगाव र विश्वासको रुपमा हेरिँदैछ। नासाले रोवर अवतरण लगत्तै जारी गरेको भिडियोमा स्वाती मोहनको निधारमा टीका रहेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेकेन्ड ह्यान्ड आइफोन किन्दै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस्
-
हिमाल हेर्न नेपाल आएका पिटर शैक्षिक उन्नयनमा सक्रिय
-
सिस्टमले चलेको देश जापान
-
दीपिकाको 'लेडी सिंघम' लुक सेयर गर्दै रोहितले भने- मेरो वास्तविक जीवनको हिरो
-
फोन बारम्बार ह्याङ्ग हुन्छ ? अपनाउनुहोस् यो उपाय
-
सुनकोसी मरिण डाइभर्सन : सुरुङ खन्न एक सय १० मिटर बाँकी