शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मोनाकोसँग पीएसजी स्तब्ध

सोमबार, १० फागुन २०७७, ०८ : ५६
सोमबार, १० फागुन २०७७

मोनाकोले पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई उसैको घरेलु मैदानमा हारको स्वाद चखाएको छ । पीएसजीको नेतृत्व सम्हाले यता उनको व्यहोरेको यो दोस्रो हार हो ।

सोफियाने डियोपले खेलको छैटौँ मिनेटमा गोल गर्दै मोनाकोलाई अग्रता दिलाए भने दोस्रो हाफमा गुलेर्मो मारिपानले मोनाकोको अग्रता दोब्बर बनाए ।

यसअघि, च्याम्पियन्स लिगमा बार्सिलोनालाई ४–१ गोलले हराएको पीएसजीले आइतबारको खेलमा भने मोनाकोसँग संघर्ष गर्नुपरेको थियो । पीएसजीले गोलको अवसर सिर्जना गर्नु नै धौधौ परेको थियो ।

पीएसजी लिगको तेस्रो र मोनाको चौथो स्थानमा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप