बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

रुबीना बनिन् बिग बोसको विजेता

सोमबार, १० फागुन २०७७, ०६ : १३
सोमबार, १० फागुन २०७७

रुबीना दिलाइक बिग बोस सिजन १४ को विजेता बनेकी छन् । १४० दिनसम्म चलेको बहस, झगडा र ड्रामपछि रुबीना विजेता बनेकी हुन् । फाइलनमा रुबीनासँगै राहुल वैद्य, अली गोनी, निक्की तम्बोली र राखी सावन्त पुगेका थिए । तर राखीले विकल्पमा दिइएको १४ लाख रुपैयाँ लिएर शो छोडिन् ।

अली गोनीले सबैभन्दा कम भोट प्राप्त गर्दै शोबाट आउट भए भने अन्तिम एलिमिनेसनमा निक्की बाहिरिएकी थिइन् । टप टुमा रुबीना र राहुल पुगेका थिए । यसअघि निक्की पनि १४ लाख रुपैयाँको विकल्प चुनेर शोबाट बाहिरिन चाहन्थिन् । तर, राखी सावन्तले पहिले घण्टी थिचेकोको कारण उनले सो विकल्प चुन्ने मौका पाइन् ।

फिनालेमा ५ सिजन अघि बिग बोसमा वाइल्ड कार्ड इन्ट्री पाएकी नोरा फतेहीले हिट डान्स नम्बरमा आफ्नो प्रस्तुती दिएकी थिइन् । शोमा माधुरी दिक्षित, धर्मेन्द्र, रितेश देशमुख पनि देखिएका थिए । २२ सदस्यसँग ३ अक्टुबरमा सुरु भएको बिग बोस ११७ एपिसोडसम्म चलेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप