इङ्ग्ल्याण्डमा लकडाउन खुकुलो पार्ने तयारी

लन्डन । बेलायतमा कोरोना संक्रमणदर घटेसँगै हाल जारी तेस्रो चरणको लकडाउन खुकुलो बनाउने तयारी भइरहेको छ । यसअघि पनि गतवर्ष मार्च २३ देखि तीन महिना र नोभेम्बर ५ देखि ४ हप्ता लकडाउन जारी गरिएको थियो । पछिल्लो समय कोरोना संक्रमितको संख्या, मृतक संख्या र अस्पताल भर्ना हुनेको संख्यामा उल्लेखनीय सुधार आइरहेको सरकारी तथ्यांकले देखाएको छ ।
हाल देखिएको निरन्तर सुधारका कारण लकडाउन सहज पार्ने उद्देश्यस्वरूप आउँदो मार्च ८ तारिखबाट पहिलो चरणमा स्कुलहरु खोल्ने घोषणा यसअघि नै प्रधानमन्त्री बोरिस जोन्सनले गरिसकेका छन् ।
हाल जारी लकडाउन थप सहज बनाउने सम्बन्धमा प्रधानमन्त्री बोरिस जोन्सनले भोलि सोमबार घोषणा गर्ने तयारी गरेका छन् । प्राप्त जानकारी अनुसार लकडाउनलाई तीन तहमा खुकुलो पार्दै लैजाने योजना छ । जसअनुरुप मार्च ८ तारिखबाट पहिलो चरणमा स्कुलहरु सञ्चालन, दोस्रो चरणमा अत्यावश्यकबाहेकका पसलहरु सञ्चालन र तेस्रो चरण अन्तर्गत पब तथा रेष्टुरेन्टहरु सञ्चालन गरिने छ ।
यसबारेमा अन्तिम निर्णय आज बस्ने ‘कोभिड ओ’ कमिटीले गर्ने बताइएको छ । प्रधानमन्त्रीले भोलि अपरान्ह क्याबिनेट बैठकको अध्यक्षता गर्नेछन् र साँझ लकडाउन सम्बन्धि भावी योजना घोषणा गर्ने कार्यक्रम छ ।
आगामी जुलाई अन्तसम्ममा बेलायतका सम्पूर्ण वयस्कहरुलाई कोरोना विरुद्धको खोप दिइसक्ने प्रधानमन्त्रीले आजै उद्घोष गरेका छन् । बेलायतमा जारी लकडाउन र कोरोना विरुद्धको खोपलाई तीव्रता दिइएसँगै संक्रमणमा पनि कमी आएको छ ।
कोभिडविरुद्धको खोपलाई आम प्रयोगको अनुमति दिने विश्वकै पहिलो मुलुक बेलायतमा हाल फाइजर र एस्ट्रानजेनेका खोप एक करोड ७० लाख बढी वितरण गरिसकिएको डिपार्टमेन्ट एण्ड हेल्थ एण्ड सोसल केयरले जनाएको छ । शनिबार सार्वजनिक तथ्याँकअनुसार हालसम्म बेलायतमा एक लाख २० हजार ३६५ जनाकोरोना संक्रमितको मृत्यु भएको छ भने संक्रमित संख्या ४१ लाख ५ हजार ६७५ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानको बक्यौता भुक्तानी गर्न दुग्ध उत्पादक सहकारीको आग्रह
-
घर सजाउने सौखले रोपेको फूल बन्यो आम्दानीको स्रोत
-
१२ बजे, १२ समाचार : ताप्लेजुङमा हट्यो निषेधाज्ञादेखि प्रकृति लम्साल मृत्यु प्रकरणको थप जानकारीसम्म
-
हट्यो ताप्लेजुङमा जारी निषेधाज्ञा
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)
-
पशुपतिमा चुस्त सुरक्षा व्यवस्थापन : महँगा गहना लगाएर नआउन अनुरोध