बुटवलमा एक हप्तामा दुई केवलकार शिलान्यास
बुटवल । बुटवलमा दुई हप्ताभित्र दुई केवलकार शिलान्यास भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले एउटा केवलकारको शिलान्यास गरेको दुई हप्ता नवित्दै अर्थमन्त्री विष्णु विष्णु पौडेलले अर्को केवलकारको आज शिलान्यास गरेका हुन् । फागुन १ गते प्रधानमन्त्री केपी शर्मा ओलीले बुटवल गोलपार्कदेखि पाल्पाको वसन्तपुरसम्म ३ किलोमिटर लम्बाईको लुम्बिनी केबलकारको शिलान्यास गरेका थिए । आज अर्थमन्त्री विष्ष्णु पौडेलले बुटवलदेखि नुवाकोटकसम्म पुग्ने सिद्धार्थ केवलकार शिलान्यास गरेका हुन् ।
शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले रुपन्देही जिल्लाले विकासको रोल मोडलको भूमिका खेल्ने दावी गरे । उनले अब रुपन्देशी जिल्लाले पर्यटनको विकासमा थप फड्को मार्ने बताए । बुटवलबाट नुवाकोट र वसन्तपुर डाँडामा जाने केवलकार सञ्चालनका लागि व्यवसायीहरुले लामो समयदेखि गृहकार्य गर्दै आएका थिए ।
लुम्बिनी केवलकारमा काठमाडौंको चन्द्रागिरी केवलबार सञ्चालन गरेको ग्लोबल आईएमई गु्रप र शर्मा एण्ड कम्पनीको ७५ प्रतिशत र बुटवलका स्थानीयको २५ प्रतिशत केबलकारमा लगानी रहेको छ । आज शिलान्यास गरिएको केवलकार सिद्धार्थ केबलकार प्रालिको नाममा रहेको छ । उक्त केबलकार बुटवल मणिमुकुन्द सेन उद्यान (फूलबारी)देखि पाल्पाको नुवाकोटसम्म पुग्नेगरी सञ्चालन गरिनेछ । यी केबलकार निर्माण भएपछि लुम्बिनी आउने पर्यटकहरुलाई आकर्षित गर्न सकिने अपेक्षा गरिएको केवलकार सञ्चालक माधव नेपालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद् व्यवस्थापनका लागि सबै मन्त्रालयहरुले निश्चित प्रतिशत बजेट छुट्याउँछौँ : मन्त्री श्रेष्ठ
-
बागमती प्रदेशको भाषा ऐन कार्यान्वयनमा
-
डढेलोले सिङ्गो गाउँ नै जोखिममा
-
संविधान र गणतन्त्र विरोधी शक्तिले चलखेल सुरु गर्न थाले : अध्यक्ष नेपाल
-
चुमनुब्रीमा मनास्लु हिमाल आरोहण दिवस मनाउने तयारी
-
१० बजे, १० समाचार