इन्जिन जलेपनि उडिरह्यो विमान, सबै यात्रु सकुशल

एजेन्सी । अमेरिकामा आइतबार विमान दुर्घटना टरेको छ । डेन्वरबाट होनोलुुलु गइरहेको बोइङ ७७७ को इन्जिनमा उडान सुरु भएको केही क्षणमै आगो लाग्यो । त्यतिबेला यो विमान १५ हजार फिटको उचाईमा थियो । यद्यपि, पाइलटको सुुझवुझका कारण दुुर्घटना टर्यो ।
आगो लाग्नासाथ पाइलटले तत्कालै कन्ट्रोल स्टेशनमा म्यासेज गरे । अनि, डेनवरमै विमान फिर्ता गरेर सुरक्षित ल्यान्डिङ गराए । यस विमानमा २ सय ३१ जना यात्रु तथा १० जना क्रु सदस्य सवार थिए । घटनाको छानविनका लागि नेशबनल ट्रान्सपोर्ट सेक्युरिटी बोर्डले टोली गठन गरेको छ ।
आगलागीपछि ठूलो इलाकामा यस विमानका टुुक्राहरु खसेका छन् । त्यस्ता, टुक्राहरु नछुुन प्रहरीले स्थानीयसँग आग्रह गरेको छ । विमानमा आगलागि भइरहेका बेला यस यात्रुले यसको जल्दै गरेको इन्जिनको भिडियो बनाएका थिए र अहिले सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेको छ । धेरैले पाइलटको तारिफ गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्पतालको आईसीयूमा रहेकी एयरहोस्टेसमाथि यौन दुर्व्यवहार
-
धरौटी रकम फिर्ता लैजान विद्यार्थीलाई त्रिविको आग्रह
-
विशेषले सफाइ दिएका दुई मुद्दाको अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन
-
नगरकोट भ्रमण वर्ष : दुई दिनमा एक लाख पर्यटकको आगमन
-
इन्फोडेभलपर्स र वन पोइन्ट फाईनानसियल सर्भिसेजबिच सहकार्य हुने
-
विस्का नखःको चौथो दिन, रथलाई पोखरीमा स्नान गराइयो (तस्बिरहरू)