सांगठानिक संरचना मिलाउन प्रचण्ड–माधव पक्षबीच ५० प्रतिशतको रेसियोमा भागबण्डा
आइतबार, ०९ फागुन २०७७, १७ : २२

काठमाडौं । ओली पक्ष बहिर्गमनमा परेपछि नेकपा प्रचण्ड–माधव पक्षले ९ बुँदे मापदण्डका आधारमा संगठनात्मक संरचनालाई पूर्णता दिने भएको छ । प्रचण्ड–माधव पक्षका शीर्ष नेतावीच भएको सहमतिमा प्रचण्ड र माधव नेपालबीच ‘पार्टी कमिटी एवम् जनवर्गीय संगठनको रिक्त स्थान पूर्ति तथा एकीकरणका लागि मापदण्ड तथा आधारहरु’ मा हालै हस्ताक्षर गरेका छन् ।
जसमा नेकपाका विभिन्न कमिटीहरुमा अब दुबै पक्षको ५०–५० प्रतिशत भागबण्डाका आधारमा नियुक्ति गरिनेछ । प्रदेश र जिल्लाका इन्चार्ज, सहइन्चार्ज एवम् पार्टी कमिटीहरु तथा जनसंगठनका पदाधिकारीहरुमा जुन पक्षबाट रिक्त भएको हो त्यही पक्षबाट पूर्ति गर्ने र त्यसो गर्दा सामान्यतया ५० प्रतिशत हुने गरी मिलाउने मापदण्डमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘प्रमुख जिल्ला अधिकारीमार्फत सशस्त्र प्रहरीको परिचालन गर्दा राजनीतिक हस्तक्षेप निम्त्याउने खतरा’
-
चार लेन सडक निर्माणका लागि बोलपत्र आह्वान, तीन अर्ब १९ करोड लागत
-
प्रकृतिको 'परिवारप्रति नै श्रद्धाञ्जली' व्यक्त भएको शब्द सच्याउन सभामुख घिमिरेको निर्देशन
-
ट्वाइलेटमा धेरै फोन चलाउनुहुन्छ, पायल्सले सताउला है !
-
युक्रेन पुगे ट्रुडोसमेत कयौँ युरोपेली नेता
-
लोकप्रिय पर्यटन गन्तव्यमा ५ महिला र ३ पुरुषको हत्या