बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

नर्भिक अस्पतालमा नयाँ ओपिडी सेवा शुरु

आइतबार, ०९ फागुन २०७७, १७ : ०६
आइतबार, ०९ फागुन २०७७

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले विश्वस्तरीय सेवा दिने अभियान अन्तर्गत नयाँ ओपिडी बहिरङ्ग सेवाको सुरुवात गरेको छ ।  अस्पतालले आइतवार पत्रकार सम्मेलन आयोजना गरी आफ्नो पुरानो ओपिडी भवनलाई पुननिर्माण गरी अझ स्तरीय, आधुनिक बनाई सेवा सुचारु गरेको बताएको हो ।

अस्पतालका सञ्चालन प्रमुख कपिल गौतमले अन्तर्राष्ट्रिय स्तरको सेवा दिने अभियान अन्तर्गत नयाँ ओपिडी कक्षको सुरुवात गरिएको बताएका हुन् । अस्पतालले आफ्नो सेवालाई पूर्ण रुपमा डिजिटाइज गरी अत्याधुनिक बनाउने कामको सुरुवात ओपिडी सेवाबाट गरेको जानकारी दिए । उपचारका लागि लामो लाइन लाग्नुपर्ने र डाक्टरलाई लामो समयसम्म कुर्नुपर्ने अवस्थालाई हेरेर क्यू म्यानेजमेन्ट सिस्टम लागू गरिएको समेत बताए । यस्तै विरामीहरुले स्पष्टसँग देख्नेगरी डाक्टरको कक्ष अगाडि सम्बन्धित डाक्टरको फोटो सहितको डिजिटल बोर्ड राख्ने व्यवस्था मिलाइएको पनि बताए ।

नर्भिकले प्रत्येक कन्सलट्यान्टहरुसम्म बिरामी पुग्नुभन्दा अगाडि उनीहरुको भाइटल लिनका लागि ३ वटा स्तरीय कोठा समेत तयार गरेको छ । ओपिडी सेवाको विषयमा कुनै समस्या आए तत्काल समाधान हुने गरी ओपिडी इञ्चार्जको कक्ष समेत सँगै राखेको छ । नर्भिकले आफ्ना सबै विभाग तथा सेवालाई डिजिटाइज गर्दै आधुनिक र समयसापेक्ष सेवा दिने योजना बनाएको समेत सञ्चालन प्रमुख गौतमले बताए ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप