ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने व्यक्ति पक्राउ
आइतबार, ०९ फागुन २०७७, १६ : ३३
सुर्खेत । ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा जुम्लाको गोठीचौर गाउँपालिका–५ का मोटरसाइकल चालक राजकुमार भण्डारी रहेको जिल्ला ट्राफिक कार्यालय सुर्खेतले जनाएको छ । वीरेन्द्रनगर–६ सिटी बसपार्कमा चेकजाँचका क्रममा उनले प्रहरीलाई १ हजार रुपैयाँ दिन खोजेका थिए ।
सुर्खेतका ट्राफिक प्रहरी प्रमुख उपेन्द्रप्रसाद आचार्यका अनुसार मोटरसाइकलमा नम्बर प्लेट नराखेका उनलाई चेकजाँच गर्न खोज्दा पैसा दिन खोजेपछि पक्राउ गरिएको हो । उनीसँग लाइसेन्स र बिलबुक पनि नभएको पाइएको छ । उनलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा बुझाएको ट्राफिक प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आत्मकथा किताब बेचेर कारखाना सञ्चालन गर्दै महावीर पुन
-
डुङ्गाभित्र नब्बे किलो सिक्का !
-
म्याग्दीमा मगरात सभ्यताको अध्ययन अनुसन्धान गरिने
-
उपनिर्वाचनमा पैसा बाँड्नेलाई कारबाही हुन्छ : गृहमन्त्री लामिछाने
-
कम्युनिस्ट पार्टीमा आलोचनात्मक विचारलाई रोक लगाइयो : राम कार्की
-
सत्ताका लागि जे पनि गर्ने प्रवृत्तिले कम्युनिस्टप्रतिको विश्वास घट्यो : रावल