सवारी भाडा अटो मोसनमा लैजान यातायात व्यवसायीको माग

काठमाडौँ । सार्वजनिक यातायातको भाडादर ‘अटो मोसन’ प्रणालीमा लैजान यातायात व्यवसायीले माग गरेका छन् । पेट्रोलियम पदार्थको मूल्य पटकपटक बढ्ने तर सार्वजनिक यातायातको भाडा भने वर्षौवर्ष सम्म पनि यथावत नै रहने अवस्था रहेको भन्दै व्यवसायीहरुले यस्तो माग गरेका हुन् ।
तेलको स्वचालित मूल्य प्रणाली जस्तै अब यातायात भाडादर पनि स्वचालित मूल्य प्रणालीकै आधारमा अटो मोसनमा जानुपर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले माग गरेको छ । ‘यहाँ तीन–तीन वर्षदेखि सार्वजकि यातायातको भाडा समायोजन हुनसकेको छैन । तेलको मूल्य कहाँ पुग्यो ? कति पटक बढ्यो ? कसैले लेखाजोखा गरेको छ ?’
यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले भने, ‘अब पनि वैज्ञानिक भाडादर कायम नहुने हो भने तीन तीन वर्षदेखि रोकिएको भाडादर समायोजन नहुने हो भने अब आन्दोलनको अर्को विकल्प छैन । व्यवसायीहरु गाडी थन्काएर आन्दोलनमा उत्रन बाध्य हुनेछन् । यसको जिम्मेवार सरकार हुनेछ ।’
महासचिव सिटौलाकाअनुसार अहिले सार्वजनिक यातायातमा वैज्ञानिक भाडादरको व्यवस्था भएपनि कार्यान्वयन नहुँदा समस्या आएको हो । पेट्रोलियम पदार्थको मूल्य हप्तामै दुई दुई पटकसम्म वृद्धि हुने तर यातायात भाडा भने वर्षौवर्षसम्म पनि यथावत् रहने परिस्थिति बनेको भन्दै यस्तो परिस्थितिको अन्त्य गर्न पनि अब भाडा समायोजन प्रणाली अटो मोसनमा लैजानु पर्ने सिटौलाले बताए । यसो हुँदा तेलको मूल्य र भाडामा एकरुपता आउने र कसैलाई पनि समस्या नपर्ने उनको भनाई छ ।
त्यसो त २०६८ सालदेखि पार्ट पुुर्जातर्फको ६५ प्रतिशतको भाडा समायोजन हुन नसकेको, स्टाफ (कर्मचारी), मेन्टिनेशनको खर्च बढेको र तेलको मूल्य समेत अस्वभाविक रुपमा बढेको बढ्यै गरेकाले बैज्ञानिक भाडादर लागु गर्न अत्यावश्यक रहेको व्यवसायीहरुको भनाई छ ।
साथै व्यवसायीले पछिल्लो समय बढाइएको पेट्रोलियम पदार्थको मूल्य अविलम्ब फिर्ता लिन समेत सरकारसँग माग गरेको छ । वृद्धि गरिएको मूल्य अबिलम्ब फिर्ता नलिए चरणबद्ध आन्दोलनमा उत्रने समेत व्यवसायीहरुले चेतावनी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तौल घटाउनमा यसले गर्न सक्छ मद्दत
-
स्वास्थ्य बीमा कार्यक्रमबाट सरकार पछि हट्न खोजेको हो ?
-
एनसलको ‘सधैं अन रिन्यूअल प्याक’ सञ्चालनमा
-
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप : फाइनलमा उत्कृष्ट खेल पस्कने दुवै टोलीका प्रशिक्षक र कप्तानको दाबी
-
नवलपरासीमा प्रहरीले गोली चलाएको भन्दै अमरेशकुमारले मागे सरकारको जवाफ
-
सरकारले काठमाडौँ महानगरलाई बन्धक बनायो : ज्ञानेन्द्र शाही